Skip to main content

Nepalise Home Page

प्रायर पार्क प्रिप्यारटरि विद्यालयमा स्वागत छ।
हाम्रो विद्यालय 3 – 13 वर्षका बच्चाहरूलाई सुरक्षित एवं न्यानो पारिवारिक वातावरण उपलब्ध गराउने को-एड्युकेशनल क्रिस्चियन क्याथलिक आवासीय तथा दिवा विद्यालय हो। हाम्रो उत्कृष्ट शैक्षिक मर्यादाका साथै खेलकुद, कला, सङ्गीत र नाट्य क्षेत्रमा हामीले प्रदान गर्ने व्यापक अवसरहरूबारे हामी गर्व गर्छौँ। हामी विविध एवं प्रोत्साहक सह-पाठ्यक्रम कृयाकलापहरू पनि उपलब्ध गराउनसक्छौँ। विद्यार्थीहरूले 13 वर्षको उमेरमा विद्यालयको शिक्षा पूरा गर्ने हुनाले, आफ्नो शिक्षा UK को सबभन्दा ठूलो क्याथलिक को-एड्युकेशनल दिवा तथा आवासीय विद्यालयहरू मध्ये एक, प्रायर पार्क कलेजमा जारी राख्छन्।

एउटा सुरक्षित वातावरण
हाम्रो विद्यालय वेलायतको दक्षिण पश्चिम क्षेत्रको अद्वितीय मनोरम स्थल, कस्टवल्ड्सको किनारामा अवस्थित छ।
विद्यालय ग्रामीण क्षेत्रको नजिकै एउटा सानो सहरको मुटुमा सुरक्षित रुपमा अवस्थित रहेको छ। बच्चाहरूले हाम्रो आफ्नै वृहत मैदान तथा मनोरञ्जन र जल क्रीडा सुविधाका साथमा नजिकैको कस्टवल्ड वाटर पार्क समेत स्थानीय क्षेत्रमा गरिने सप्ताहन्तको भ्रमणहरूबाट पनि फाइदा लिनसक्छन्। ग्रामीण क्षेत्रमा अवस्थित भएपनि, हामी हिथ्रो विमानस्थलबाट सवा घण्टाभन्दा केही बेसीको दूरीमा मात्र अवस्थित छौँ साथै तपाईंको बच्चालाई विद्यालयसम्म सुरक्षित तवरमा पुर्या्उने उद्देश्यले विमानबाट आउने सम्पूर्ण विद्यार्थीहरूलाई लिन विमानस्थलमा स्वयं हाम्रा प्रधानाध्यापक वा कुनै वरिष्ठ कर्मचारीहरू पुग्नुभएको हुनेछ।

आवास
हाम्रोमा आफ्नो घरदेखि टाढा अर्को घर जस्तै न्यानो पारिवारिक वातावरण उपलब्ध हुने दुइवटा विद्यार्थी आवास गृहहरू छन्, एउटा छात्र तथा अर्को छात्राका लागि। बच्चाहरू 7 वर्षको उमेरदेखि आवास गृहमा बस्नसक्छन्। हाम्रो व्यापक सुविधाहरू, सप्ताहन्तको अतिरिक्त भ्रमणहरू र दैनिक बिदाका कार्यक्रमहरूका साथै बच्चाहरूलाई हेरचाह तथा सुबिस्ताको अनुभव गराउनु हाम्रो लागि जरुरी कुरा हो। हाम्रो अनुभवप्राप्त आवासीय प्रमुखको मार्गनिर्देशनमा, हाम्रा हाउसपेरेन्टहरूलाई आवासीय कर्मचारी तथा विद्यालयको चिकित्सा टोलीद्वारा सहयोग प्रदान गरिएको हुन्छ। आवास गृहमा बस्ने विद्यार्थीहरूले एउटा व्यस्त दैनिक तालिकाका साथै खेल्ने र TV हेर्ने नयाँ कोठा, खेलकुद कक्ष, खेल मैदान र पौडी खेल्ने पोखरी लगायतका सप्ताहन्तमा उच्चस्तरको सुविधाहरूको अनुभव लिन पाउँछन्। बच्चाहरूलाई सदा पत्र, इमेल, स्काइप भिडियो कल र टेलिफोनहरूको माध्यमबाट आफ्नो घरसित सम्पर्कमा रहन प्रोत्साहन गरिन्छ।

परिवार, समुदाय र मूल्य
एउटा सानो विद्यालय भएर हामी हरेक बच्चालाई जान्नसक्छौँ तथा हाम्रो स्नेही कर्मचारीहरू प्रत्येकको आवश्यकतालाई प्राथमिकताअनुसार राख्न तथा उनीहरूले गर्ने प्रत्येक कार्यहरूमा श्रेष्ठता हासिल गराउन चुनौती र जोस प्रदान गर्न समर्पित रहन्छन्। विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक योग्यता, विविध रुचिहरू तथा अन्य मानिसहरूलाई सहयोग गर्ने भावना बोकेका विश्वासी, दयालु तथा अभिप्रेरित युवा शक्तिका रूपमा यहाँबाट बाहिर पठाउने हाम्रो लक्ष रहेको हुन्छ।

हाम्रो मान्यताहरू
प्रायर पार्क एउटा क्रिस्चियन क्याथलिक विद्यालय हो जहाँ धार्मिक शिक्षा कक्षादेखि बाहिरसम्म फैलिएको र आध्यात्मिकता विद्यालयको मुटुमा बसेको हुन्छ। हाम्रो आफ्नै गिर्जाघर छ जहाँ हामी दैनिक प्रार्थना र हप्तामा दुइपटक धार्मिक सभा आयोजन गर्छौँ। हाम्रो विद्यालयको एकजना पादरी हाम्रा विद्यार्थीहरूका लागि साप्ताहिक रुपमा शुद्धीकरण प्रदान गर्न उपलब्ध रहन्छन्। बच्चाहरूलाई प्रथम पवित्र दीक्षाका लागि तयार गर्न सकिन्छ र परिवारहरूलाई विद्यालयको गिर्जाघरमा हुने यी महत्वपूर्ण उत्सवहरूमा आमन्त्रण गरिन्छ। हामी इसाई मूल्यहरूलाई हाम्रो विद्यालय जीवनको सम्पूर्ण पक्षको अभिन्न मूल्यका रूपमा प्रोत्साहन गर्छौँ र प्रधानाध्यापक तथा कर्मचारीहरूलाई हाम्रो क्याथलिक मान्यताहरूको सम्वर्धन गर्ने कार्यमा हाम्रो स्थानीय पादरीहरूद्वारा सहयोग प्रदान गरिन्छ।

पाठ्यक्रम
प्रायर पार्कमा अत्याधुनिक पद्धति तथा प्रविधिहरूको प्रयोग गर्दै वर्तमान तरिकाहरूद्वारा शिक्षा प्रदान गरिन्छ।
थोरै विद्यार्थीहरू रहेको कक्षा तथा पूर्णतया योग्य व्यावसायिक विशेषज्ञ शिक्षकहरूको उपस्थितिले हरेक व्यक्तिको आवश्यकताहरूको पूर्ति गर्ने वातावरण निर्माण गर्नमा मद्दत पुग्छ। सम्पूर्ण विद्यार्थीहरूलाई 13 वर्षको उमेरमा स्वतंत्र विद्यालयहरूमा भर्ना हुने तयारी गराउनका साथै उच्चस्तरको शैक्षिक मापदण्ड कायम राखिन्छ। हालैका वर्षहरूमा 50 प्रतिशतभन्दा बढी विद्यार्थीहरूले स्वतंत्र विद्यालयहरूमा भर्ना पाएका छन्। प्रायर पार्क प्रिप्यारटरि विद्यालय सकेर भर्ना हुने विद्यालयहरूमा इटन कलेज, मालवोरो कलेज, ब्याडमिन्टन विद्यालय, चेल्टेनह्याम कलेज र हाम्रै उच्च विद्यालय प्रायर पार्क कलेज पर्दछ।

हामी हाम्रा विद्यार्थीहरूको सर्वाङ्गीण विकास गर्न पनि प्रतिबद्ध छौँ र हाम्रो पाठ्यक्रममा पनि खेलकुद, सङ्गीत तथा प्रदर्शन कलाका साथै विविध संख्यामा कृयाकलापहरू, उनीहरूको पढाइमा सहयोग पुर्याहउने भ्रमणहरू समावेश गरिएको हुन्छ।

तपाईंको बच्चाहरूका लागि हाम्रो बहुपक्षीय मौलिक लक्षहरू भनेको सिक्ने कार्यमा एउटा आजीवन रुचि जगाउनु, सीप तथा कलाहरूको समग्र विकासलाई टेवा दिनु, आध्यात्मिक सोचका साथ उनीहरूको कौशल बढाउनु र अरुहरूको समक्ष सीप देखाउन तत्पर गराउनु, स्वयंलाई चिनेर वृहत् समाजमा स्थान बनाउन आवश्यक पर्ने सीप तथा व्यक्तिगत गुणहरूद्वारा उनीहरूलाई सुसज्जित गराउनु हो।

हामी तपाईंलाई प्रायर पार्क प्रिप्यारटरि विद्यालयमा स्वागत गर्न प्रतिक्षारत छौँ।
 

Prior Park Preparatory, Calcutt Street, Cricklade, Wiltshire, SN6 6BB   |   Tel: +44(0)1793 750 275   Fax: +44(0)1793 750 910   Email: prep@priorpark.co.uk